भारतीय प्रहरीलाई १८ लाख घुस दिएर जगदम्वाका १८ ट्रक भित्रिए

काठमाडौं, २६ मंसिर । भारतीय सीमानाकामा रोकिएका मालबहाक सवारी साधनहरु ठुलो रकम घुस खुवाएर ब्यापारीहरुले सामान नेपाल भित्राउन थालेका छन् ।
सीमानाकामा रोकिएका प्रति मालबहाक ट्रकको एक लाख भारतीय रुपैया प्रहरीलाई घुस खुवाएर नेपाल ल्याउने गरेका छन् । प्रति ट्रक एक लाख रकम दिए भारतीय प्रहरीले स्कटिड गरेर नेपाल नाका प्रवेश गराउने गरेको एक ब्यापारीले बताए ।
एक साताअघि सुनौली नाकामा रोकिएका जगदम्वा कम्पनीका १८ ट्रक भारतीय प्रहरीले स्कटिड गरेर नेपाल भित्राएको थियो । सीमा नाकाभन्दा करिव ४० किलो मिटर टाढा रहेका जगदम्बा कम्पनीका १८ वटा ट्रक भारतीय प्रहरीले १८ लाख भारतीय रुपैया लिएर स्कटिड गरेको कम्पनीका एक कर्मचारीले बताए ।
भारतीय प्रहरीले घुस रकम लिएर नेपाली ठुला कम्पनीका सामानहरु नेपाल भित्राउन थालेको छ । जसले उनीहरुलाई प्रति ट्रक एक लाख भारतीय रुपैया दियो उसका ट्रकहरु नाकामा रोकिएका छैनन्, ती ब्यापारीले भने तर रकम नदिनेका भने ठाउँमा हलचल पनि गर्न पाएका छैनन् ।
घुस रकम लिएर सवैभन्दा बढि सुनौली नाकाबाट मालबहाक ट्रकहरु भित्रेका छन् । विराटनगर र वीरगञ्ज भन्सारमा रोकिएका ट्रकहरु पनि रिरुट गरेर सुनौली नाकाबाट नेपाली ब्यापारीले घुस रकम दिएर नेपाल भित्राउने गरेका छन् ।yeskathmandu

Write Comment Below: