एजेन्सी । साउदी अरेबियाका महिलाहरु आज पहिलोपटके निर्वाचनमा मतदान गर्दैछन् ।
साउदी अरेविया बिश्वको एक मात्र महिलाले मददान गर्न नपाउने देखको नाम आजबाट हटेको छ । यस चुनाबमा महिलाहरुले भेट मात्र दिने काम गरेका छैन । उनीहरु नगरपरिषदको उमेद्धारमा पनि उठेको बिबिसीले जनाएको छ ।
चुनाबमा ९७८ महिला सहित ५९३८ जना पुरुष उमेद्वारी लिएका छन् ।
आज हुने नगरपरिषदको निर्वाचनमा २१०० सिटको लागि चुनाब हुदैछ भने १०५० परिषदको मनोनयद्वारा गरिने बताइएको छ ।
आजको निर्वाचन साउदी अरबको इतिहासमा तेस्रो निर्वाचन हो।
nepalsandesh
