राजदुत रेले बोली फेरेपछि मोर्चाका नेताको बिचल्ली, काठमाडौंमै सुरुभो रुवाबासी

शनिबार, २६ मंसिर
काठमाडौं । मधेस आन्दोलनको समर्थनमा अभिव्यक्ति दिदै आएको भारतीय दूतावासले अचानक बोली फेरेपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई पर्नु सम्मको पीर परेको छ ।
केही दिन अघिसम्म आफुहरुलाई आन्दोलन गर्न उक्साउने राजदुतले लत्तो छाडेको मधेसी मोर्चाको नेताहरुको विश्लेषण छ । राजदुत रणजित रेले नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिइसकेका छन् ।
शुक्रबार भारत खान बोलाइएका मधेसबाट निर्वाचन जितेका सांसदहरुलाई रायले प्रष्टसँग अब आफुहरु नेपालमा झिना मसिना कुरामा नअल्झने संकेत गरेपछि मोर्चाका नेताहरुमा रुवाबासी नै चलेको छ ।
शुक्रबार राजदूत रेले भारतीय दुतावासमा विभिन्न दलका नेतालाई दिएको भोजमा त्यस्तो दृष्टिकोण परिवर्तनको आभास दिएका छन्, जस्ले जारी मधेस आन्दोलनलाई प्राथमिकता दिइएको छैन ।
रेले भूकम्प पछिको पुन निर्माणलाई सबैले प्राथमिकता दिनुपर्ने बताएका थिए भने नेपालले उर्जा विकासमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
राजदुतले भारत सरकारले नेपालमा जारी आन्दोलनमा कुनै दृष्टिकोण नबनाएको र आन्तरिक मामलामा कुनै हस्तक्षेप पनि नगर्ने बताएपछि त झनै मधेसवादी दलका नेताहरलाई समस्या परेको छ ।
अझ रोचक त भारतले मधेसी मोर्चाको आन्दोलनका कारण विश्वमै भारतको बेइज्यत भएको भन्दै नाकामा सीमा सुरक्षा बल एसएसबी खटाएर मधेसी मोर्चाका कार्यकर्ताको ढाड फुस्काउने काम गर्ने संकेत दिएको छ ।
मोर्चाका नेताहरुलाई भारत बोलाइनुको खास रणनीति नाकाको अबरोध भारतले हैन नेपालबाटै भएको हो भन्ने प्रष्ट पार्नु थियो र भारतले त्यो विश्वलाई नै देखाइदिइसकेको छ ।
उग्र बन्दै गएका मोर्चाका कार्यकर्ताका कारण मधेसमा समस्या परेको र भारतको समेत बदनाम भएको बुझेको भारत सरकारले नाका सहज गर्नकालागि सुरक्षा प्रबन्ध मात्रै थालेको छैन, राजदुतलाई अभिव्यक्ति र गतिविधि परिवर्तन गर्न निर्देशन समेत दिएको छ ।
राजदुत रायको पछिल्लो गतिविधिले मोर्चाका नेताहरुको साख गिर्ने र गिराउने काम भएकाले मोर्चाका नेताहरु अत्तनलीदै दौडन थालेका छन् ।
उनीहरु संसदमा पुननिर्माण विधेयक पारित गराउन सहयोगि बन्नु भनेको भारतले लत्तो छाडिदिएपछिको सहज प्रकृया हो र अब मधेसी मोर्चाका नेताहरु भारतले नाकाबन्दी खोलीदिने अवस्था आएकाले जती सक्दो चाँडो सहमति गर्न लागिपरेका छन् ।
नाका खोल्ने वित्तीकै उनीहरुको आन्दोलन कमजोर बन्ने छ र यसकालागि भारतले नै गृहकार्य थालेको मोर्चाको निश्कर्ष छ ।
nepalsandesh

Write Comment Below: