प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै सरकारबाट फिर्ता हुने एमाओवादीकाे तयारी

शनिबार, २६ मंसिर
ठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको निश्कर्ष निकालेको छ।
शनिबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले वर्तमान सरकारले जारी मधेस आन्दोलन समाधान गर्न र नाकाबन्दी खोलेर जनजीवन सामान्य पार्नेतर्फ ध्यान दिन नसकेको निश्कर्ष निकालेको हो।
सरकारका प्रधानमन्त्रीले राष्ट्रियताको खोक्रो भाषण मात्र गरेको तर, काम गर्न नसकेको एमाओवादी निश्कर्ष रहेको छ। संवाददाताहरुसँग कुराकानी गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यहि अवस्थामा सरकारमा मिर्ती बनेर बस्ने, केही गर्ने वा विकल्प खोज्ने भन्नेबारे आगामि बैठकमा समिक्षा गरि निर्णय लिइने बताए ।
यस अघि पनि एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मधेसप्रति गलत धारणा भएकैले समस्या बल्झीएको बताउँदै आएका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले पहल थालेको हल्ला चलीरहेका बेला एमाओवादी स्थायी समितिको यो निर्णयले सरकारको भविश्यमाथि प्रश्न उब्जीएको छ ।
एमाओवादीले आफ्ना मन्त्रीहरुले समेत काम गर्न नसकेको निश्कर्ष निकालेको छ ।
बैठकमा गृहमन्त्री शक्तीबहादुर बस्नेतले पदको दुरुपयोग गरि चीन भ्रमणमा आफन्तलाई पठाएको भन्दै उनका कारण सरकार र पार्टी बदनाम भएको भन्दै नेताहरुले आवाज उठाएका थिए ।
नेताहरुले मन्त्री बस्नेतलाई फिर्ता बोलाउन समेत माग गरेपछि अर्को बैठकमा समिक्षा गर्ने भन्दै बैठक सकिएको थियो ।
nepalsandesh

Write Comment Below: