महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।
बिहानैदेखि जलेश्वर बजार बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जलेश्वरको दुर्गाचोकमा झडप भएको हो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ह्युमपाइप राखी बाटो अवरोध गरेपछि बाटो खुलाउन गएको प्रहरीसँग झडप भएको हो । झडपका कारण अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
nepalsandesh
