धरान १३ पुस । जोगवनी रानी भन्सार नाकामा अबरोध गर्ने क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
नियममित चेकजाँचको लागी महतोलाई धरान लगिएको हो । उनलाई गए राती धरान लगिएको थियो । उनको अबस्था सामान्य छ प्रतिष्ठानका एक चिकित्सकले भने । बल्ड प्रेसर मात्र बढेको हो अन्य अबस्था सामान्य छ वार्डमा आराम गरिरहनु भएको छ चिकित्सकले भने ।
तर महतोका कार्यकर्ताले भने प्रतिष्ठानका सबै चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको चिकित्सकले बताए ।
समचारमा आए अनुसार महतोको अबस्था जटिल छैन उनको भनाई छ । वहाँ आफना कार्यकर्ताहरु सँग कुराकानी गरिरहनु भएको छ ।
महतोको टाउकोमा लागेको चोटका कारण मात्र महतोको प्रेसर हाई भएको चिकित्सको भनाई छ । महतोको टाउकोमा सामान्य चोट लागेको थियो । बिराटनगर रानी भन्सार नाका अबरोध गर्न गएका बेला शनिबार प्रहरीसँगको झडपमा उनी घाइते भएका थिए ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
