बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेसमा भईरहेको आन्दोलनको भारतमा नभईकन देशमै बसेर निकास खोज्नुपर्ने बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दीले भारतमै विवाद भएकाले अब नाकाबन्दी धेरैदिन नटिक्ने उहाँको भनाई थियो ।
संविधान नेपाली जनताको भएको र नेपाली जनताले आफ्नो फैसला आफै गर्न सक्ने भएकाले यसमा भारतले अखुसी जनाउनुको कुनै अर्थ नरहने समेत उहाँले बताए ।
महासचिव पोखरेलले नेपालीले अब स्वाभिमानको रक्षाका लागि आत्मनिर्भर पनि जरुरी रहेको र नेकपा एमाले संविधान र स्वाभिमानको पक्षमा हुने जोकोही संग पनि मिलेर अघि बढ्ने बताए ।
dainiknepal
