यी हुन् मोदीकी कान्छी श्रीमती ! जो मानव संशाधन मन्त्री छिन्

काठमाडौं, १३ पुस । धेरै पहिले श्रीमती छाडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उनकै एक महिला मन्त्रीसँग जोडिएको छ ।
भारतीय कांग्रेसका वरिष्ठ नेता निलामनी सेन देकाले मानव संशाधन मन्त्री स्मृति इरानीलाई प्रधानमन्त्री नरेन्द्र मोदीकी कान्छी पत्नी भनेका हुन् । पूर्वकृषि मन्त्रीसमेत रहेका देकाले सार्वजनिक कार्यक्रममै इरानी मोदीकी कान्छी श्रीमती भनेपछि भारतीय मिडियाले इरानी र मोदीको फोटोसमेत जोडेर यसबारे समाचार प्रकाशित गरेका छन् ।
आसामको नीलबारी जिल्लामा आइतबार आयोजित कांग्रेसको एक सभामा पूर्वमन्त्री देकाले भने, ‘धेरै मानिसहरुले स्मृती इरानीलाई मोदीकी कान्छी श्रीमतीका रुपमा चिन्छन् ।’
सत्तारुढ भारतीय जनता पार्टीले देकाको भनाइमाथि आपत्ति जनाएको छ । भाजपाका आसाम युनिट प्रमुख सर्वानन्द सोनोवालले लोकप्रिय प्रधानमन्त्रीलाई आरोपित गरेकोमा देकालाई कांग्रेसबाट निकाल्न समेत माग गरेका छन् ।
बीजेपी नेताहरुले प्रधानमन्त्री र मन्त्रीमाथि कांग्रेस नेताले लगाएको आरोपबारे कांग्रेस आइको प्रतिक्रिया मागेका छन् ।
dainiknepal

Write Comment Below: