काठमाडौं । नेकपा एमाले र एमाओवादीका १५० भन्दा बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राप्रपा नेपालको युवक संगठनका अध्यक्ष कैलाश कटुवालले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
विभिन्न पार्टी परित्याग गरी दोस्रो संविधानसभाको निर्वाचनबाट चौथो राजनीतिक शक्तिका रुपमा उदाएको राप्रपा नेपालमा प्रवेश गर्ने क्रम पछिल्लो समयमा बढेको छ ।
पार्टी प्रवेश कार्यक्रममा युवक संगठनका अध्यक्ष कटुवालले राप्रपा नेपाल एकमात्र राष्ट्रवादी राजनीतिक शक्ति भएकाले अन्य पार्टी छोडेर राप्रपा नेपालमा प्रवेश गर्ने क्रम बढेको बताए ।
उनले आगामी निर्वाचनमा राप्रपा नेपाल पहिलो पार्टी बन्ने उनले दावी गरे । अहिलेको देशको समस्यालाई हल गर्न सक्ने क्षमता राप्रपा नेपालमा भएको र वैकल्पिक राजनीतिक शक्ति समेत भएकोले राप्रपा नेपालमा युवाहरुको आकर्षण बढेको उनले दावी गरे ।
nepalsandesh
