‘जोगबनीबाट भारतले आक्रमण थाल्यो, नेताहरु लोण्डुप दोर्जी बन्न खोजेको हो ?’

आइतबार, १२ पुष
काठमाडौं । भारतले नेपालमाथि आक्रमण गरेको हो ? यो प्रश्न संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाए । जतिबेला आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु नेपाल प्रहरीले आफ्ना नेता राजेन्द्र महतोमाथि आक्रमण गरेको भन्दै नाराबाजी गरिरहेका थिए ।
सभामुख ओनसरी घर्तीले मधेसी मोर्चाका सांसदहरुको नारावाजीबीच संसद चलाईरहेकी थिइन् । यस्तोमा सुवालले विशेष समय लिएर बोल्न थाले । सुवालले मधेसी मोर्चाका नाममा भारतको जोगवनीबाट आएको जत्थाले नेपाल प्रहरीमाथि आक्रमण गरेको हो भन्दै प्रश्न सोधे ।
सुवालले नेपालका प्रहरीमाथि राजेन्द्र महतोको नेतृत्वमा भारतबाट आएको जत्थाले आक्रमण गरेको र फर्कीएको भन्ने समाचार आएको भन्दै प्रश्न सोधे के नेपालको सार्वभौमिकतामाथि भारतले आक्रमण गरिरहेको छ ?
उनले भारतको उक्साहटमा तराई मधेसमा आन्दोलन भएको र नेपालका नेताहरु लेण्डुप दोर्जी बन्न लागेको बताए । भारतले भनेकै भरमा संविधान संशोधन गर्न नहुने उनको तर्क थियो ।
सिक्कीम भारतले खाँदा त्यहाँका प्रधानमन्त्री लोण्डुप दोर्जी चुपचाप बसेजस्तै हाम्रा नेता पनि चुपचाप बसेको भन्दै उनले नेपालका नेताहरुलाई लेण्डुप दोर्जे बन्न खोजेको हो भन्दै प्रश्न राखेर मन्तब्य टुंग्याएका थिए ।
nepalsandesh

Write Comment Below: