बंगलादेश र पाकिस्तानलाई भारतमा विलय गराउने मोदीको योजना पर्दाफास

आइतबार, १२ पुष
एजेन्सी । भारतीय प्रधानमन्त्री अकास्मात पाकिस्तानको लाहोर पुग्नु र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको जन्मदीन मनाएर फर्कनु एउटा संयोग मात्र रहेन अब ।
सार्क सम्मेलनका क्रममा काठमाडौंमा भेटीएका सरीफ र मोदीले हात नमिलाएको समाचार अझै ताजै रहेका बेला किन मोदी पाकिस्तानका प्रिय बन्ने अभियानमा लागेका छन् भन्ने जिज्ञासा सबैमा छ ।
तर, उनी त्यसरी लाक्ष्ग्नुको कारण बल्ल खुलासा भएको छ । चर्चित टेलिभिजन अल जजिरामा अन्तरवार्ता दिदै भारतीय जनता पार्टीका महासचिव एवं प्रधानमन्त्री मोदीका निकै नजिकका व्यक्तिले यसको खुलासा गरेका हुन् ।
उनले कुनै समय एक भारतका रुपमा रहेको र अहिले फरक फरक देश बनेका बंगलादेश र पाकिस्तानलाई पुन एकीकरण गर्ने चरणमा मोदी छन् ।
भारपा महासचिव राम माधव अल जजीरामा अन्तरवार्ताका क्रममा
भारपा महासचिव राम माधव अल जजीरामा अन्तरवार्ताका क्रममा
अखण्ड भारत निर्माणकालागि मोदीले दुई छिमेकीहरुसँग नयाँ सम्बन्ध बनाउन थालेको भन्दै भाजपाका महासचिव राम माधवले केही वर्ष भित्रै परिणाम देखिने बताए ।
उनले निकट भविष्यमै अविभाजीत र अखण्डढ भारत बन्ने दाबी गरेका छन् । तर, यस बारेमा पाकिस्तान र बंगलादेशले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
nepalsandesh

Write Comment Below: