बाँके, २६ पुस-
बाँकेको गनापुर ४ की ३० वर्षीया असिया खानले शनिबार तिम्ल्याहा शिशु जन्माएकी छन् । शिशु र आमाको अवस्था सामान्य छ । व्यथा लागेर शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी खानको शल्याक्रिया गरी बच्चा निकालिएको हो ।
व्यथा लागेर अस्पताल भर्ना गरिँदा बच्चा उल्टो देखिएपछि शल्यक्रिया गर्दा तीन शिशु निकालिएको स्त्री रोग विशेषज्ञ डा. फरहद बानोले बताइन् । शिशुहरूको तौल १ किलो ८ सय ग्रामदेखि २ किलोसम्म रहेको छ । ‘बच्चाहरूको अवस्था सामान्य भएका कारण एआईसीयूमा भर्ना गर्नुपरेको छैन ।
आमाको स्वास्थ्य अवस्था पनि सामान्य छ,’ उनले भनिन्, ‘नवजात एक छोरा र दुई छोरीलाई आफन्तकै जिम्मा लगाएका छौं ।’ कान्तिपुर दैनिक
