स्वास्थ्य मन्त्रालयको संरचना गोप्य रुपमा परिवर्तन हुँदै

२७ पुस, काठमाडौं ।

संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्था गर्दे स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरुले ‘गोप्य रुपमा’ नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् ।

प्राप्त जानकारी अनुसार सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ ।

यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खेलाबैला मच्चिएको छ । स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्य सचिव निकट केही कर्मचारीको मिलेमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेस गर्ने तयारी छ ।

 प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उद्देश्यका साथ नयाँ संरचना तयार पारिएको भन्दै उच्च अधिकारीहरु आक्रोशित भएका छन् ।

मुलुकका ३८ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जिम्मा बोकेको मन्त्रालयको संरचना हचुवाको भरमा परिवर्तन गर्न लागेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines

Write Comment Below: