नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष ठाकुरले मधेस चाहिन्छ भनेर तराई मधेसका जिल्लाहरूमा जनमत सुरू भइसकेको बताउनुभयो । तर त्यो अभियानमा आफूहरूको समर्थन नरहेको उहाँले बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले आफूहरूलाई बिखण्डनकारीको आरोप लगाएकोमा असन्तुष्टि जनाउनुभएको छ । ‘अधिकार नपाएका मधेसी जनताको लागि आन्दोलन गर्दा किन बिखण्डनकारी भनिन्छ’, उहाँले भन्नुभयो, ‘हामी बिखण्डनकारी होइनौँ । हामी भारतीय होइनौँ । यही मुलुकका नागरिक हौँ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई लगाएको आरोपको खण्डन गर्नुभएका अध्यक्ष ठाकुरले भन्नुभयो, ‘प्रचण्ड जस्ता नेताहरूले यो मुलुकलाई सिक्किमीकरण गरेका छन् । प्रचण्डको अभिव्यक्ति बिहान एउटा आउँछ बेलुका अर्को गर्नुहुनुन्छ ।’
एमाओवादी अध्यक्ष दाहालले तमलोपा अध्यक्ष ठाकुरले नेपाललाई सिक्किमीकरण गर्न खोजेको भन्ने आरोप लगाउनु भएको थियो ।
dainiknepal
