आमिरले आफ्नो सुरक्षा हटाइएको मा कुनै अप्ठ्यारो नभएको र मुम्बइ प्रहरी सहरको अरु सुरक्षाको लागि प्रयोग गर्न सकिने भन्दै चित्त बुझाउदै ट्वीट गरेका छन्।
सलमान र शाहरुखलाई पहिले चार सुरक्षा गार्ड र एक सुरक्षाकर्मीको गाडी दिइएको थियो। कटौती पश्चात अब केवल दुई सुरक्षा गार्डमात्र बाँकी छन्।
शाहरुख र आमिरले नोभेम्बरमा देशमा अशहिष्णुता बढेको वयान दिएका थिए। वयानको कारण दुवै खान निकै विवादित भएका थिए।
यता मुम्बइ प्रहरीले भने कसैको पनि सुरक्षा कम नगरिएको बताएको छ।
अमिताभ, दिलीप कुमार, अक्षय कुमार, महेश भट्, मुकेश भट्को भने सुरक्षामा फेरबदल गरिएको छैन। अक्षयलाई ग्याङ्स्टार र भट् दाजुभाइलाई अन्डरवर्ल्डबाट धम्की आइरहने बताइएको छ।
बलिउड कलाकारलाई दिइएको सुरक्षाले प्रहरी जवानको राम्रो उपयोग नभएको ठहर गर्दै सुरक्षा फिर्ता लिइएको थियो। विधु विनोद चोपडा, राजकुमार हिरानी, फराह खान, करीम मोरानी र अली मोरानीको पनि सुरक्षा फिर्ता बोलाइएको छ। सन् २०१४ मा अली मोरानीको घरमै गुण्डाहरुले फायरिङ गरेका थिए।
nepaliheadlines
