मध्यपुर्व काम गरिरहेका नेपाली कामदारको रोजगारी धरापमा

२७ पुस, एजेन्सी।

साउदीमा सिया मुस्लिमका धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि सुन्नी मुस्लिम राज्य साउदी अरब र सिया मुस्लिम सरकार रहेको इरानबीच तीक्तता बढेको छ। यो संगै मध्येपूर्व देशहरुमा कार्यरत नेपालीहरु प्रभावित हुने खतरा बढेको छ।


निरन्तर घटिरहेको तेलको मूल्यको कारण मध्यपूर्वी देशको आर्थिक अवस्था निरन्तर गिर्दो छ। यस्तो अवस्थामा इरान र अरब बिच बढेको द्वन्दले समस्या थप जटिल गर्ने देखिन्छ। तेलबाट आर्जन कम हुँदा कर्मचारी कटौती र ज्याला घटाइएको समाचार आउन थालेका छन्।

करिब ६ लाख भन्दा बढी नेपाली काम गर्ने साउदीमा यसको प्रभाव सुरुमा देखिने सम्भावना बढेको छ। सन् २००४ अप्रिल यताकै सबैभन्दा कम विन्दुमा तेलको मूल्य पुगेको छ। प्रतिब्यारेल ३३ डलरमा झरेको तेलको मूल्य संगै मध्यपूर्वी देशको अर्थतन्त्र डामाडोल हुने संघारमा छ।

फिलिपन्समा इरान-अरब द्वन्द र इन्धनको मूल्यको निरन्तर गिरावटको कारण राष्ट्रपति वेनिग्नो एक्विनोलेले आकस्मिक बैठक नै बोलाएका थिए। फिलिपिन्समा आउने रेमिट्यान्सको एक चौथाई हिस्सा मध्यपूर्वबाटै आउने गरेकोमा पछिल्लो वर्ष सो १० प्रतिशतले कमी आएको बताइएको छ। फिलिपिन्सका २४ लाख भन्दा बढी खाडी मुलुकमा कार्यरत छन्। देशमा भित्रने कुल रेमिट्यान्सको २२ प्रतिशत मध्यपूर्वबाट भित्रन्छ। जसमा साउदीबाट १० र युएईबाट ८ प्रतिशत रेमिट्यान्स फिलिपिन्स भित्रने गरेको छ।

नेपालमा आउने रेमिट्यान्सको ठुलो हिस्सा यीनै मध्यपूर्वी देशबाट आउँछन्। गत वर्ष ६ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। देशमा भित्रने कुल रेमिट्यान्सको ६० प्रतिशत हिस्सा खाडी मुलुकबाटै आउने गरेका छन्।

मध्यपूर्वको अधिकांस देशहरको अर्थतन्त्रको आधार स्रोत तेल हो। तेलको मूल्यमा आएको ठुलो गिरावट संगसंगै साउदी र इरानबिच भड्किएको द्वन्दका कारण मध्यपूर्वी देशका अर्थतन्त्रमा असर पर्ने निश्वित छ। पहिले कै अवस्थामा झै निर्माण कार्य गर्ने वातावरण नहुँदा त्यहाँ काम गर्ने नेपालीको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।nepaliheadlines

Write Comment Below: