मधेसी मोर्चाका कार्यकर्ता थाकेपछि भारतसँग जोडिएको नाका खुल्यो

गौर (रौतहट), २५ पुस । विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् ।
मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ ।
dainiknepal

Write Comment Below: