दिल्लीमा रहेका राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीको फोन, के-के भयो कुराकानी ?

काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन गरी उनको स्वास्थ्य स्थितिकाबारेमा जानकारी लिएका छन् ।
तराईको आन्दोलनका क्रममा घाइते भई भारतको नयाँ दिल्लीमा उपचाररत अध्यक्ष महतोलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले जानकारी दिए ।
प्रधानन्त्री ओलीले महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह समेत गरे । राजनीतिक सहमति पहिल्याउने क्रममा काठमाडौं आउन भन्दै ओलीले महतोलाई संवाद र सहमतिका लागि आग्रह गरेका छन् ।
फोनवार्तामा महतोले मधेस मामलामा रहेका समस्या सम्बोधन गर्न तदारुकता देखाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । तराईमा आन्दोलनका क्रममा विराटनगर–जोगवनी नाकामा धर्नामा बस्ने क्रममा घाइते भएका अध्यक्ष महतो थप उपचारका लागि नयाँ दिल्ली गएका हुन् ।
dainiknepal

Write Comment Below: