मृत्युको मुखमा पुगेकै हुन् त राजेन्द्र महतो ? किन गरियो मृत्युञ्जय, अस्पतालमा के गर्दैछन्

बुधबार, १५ पुष
काठमाडौं । के राजेन्द्र महतो मुलुकको कुनै ठुला बडा महाराजा हुन् ? या उनी नहुँदा देश नै डुब्ने अवस्थामा छ ? पक्कै पनि यो सवाल उठेको छ यतीबेला ।
जतीखेर उनको नाममा बिराटनगरमा मृत्युञ्जय पुजा पाठ गरिएको छ र उनी धरनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा छन् । बिराटनगरको रानी भन्सार नाकामा प्रहरसिँगको झडपपछि भाग्दै भारतको जोगवनी पुगेका महतो त्यसको आधा द्धण्टापछि एम्बुलेन्स चढेर नोबेल अस्पताल आइपुगे ।
उनको सबै रिपोर्ट जाँच गर्दा उनको टाउको वा जीउ कुनै पनि ठाउँमा कुनै चोट पटक नै लागेको थिएन । अस्पतालले जब उनलाई डिस्चार्ज गर्ने निर्णयमा पुग्यो, त्यसपछि उनलाई रोगले सताउन थाल्यो ।
अनि रातारात सेटीङ मिलाएर उनी धरान पुगे । धरानमा पनि उनको कुनै उपचार भएको छैन । उनी सामान्य नै छन् । केवल रक्तसञ्चार प्रकृयामा केही समस्या छ,ब्लडप्रेसरको ।
उनलाई डिस्चार्ज गर्ने विषयमा त्यहाँ लफडा भएको समाचार आइरहेको छ । अस्पतालका निर्देशक विपी दाससँगको मिलेमतोमा महतो अहिले अस्पतालमै आराम गरिरहेका छन् ।
अनि उनी अस्पतालमा संवेदनशील अवस्थामा रहेको भन्दै बाहिर हल्ला फिजाउने र आन्दोलनलाई थप उत्तेजित बनाउने रणनीति बनाएका छन् महतोले ।
साथै आन्दोलनका क्रममा भएको दौडधुपबाट आराम गर्ने मौका पनि जुरेको छ महतोलाई । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएको भन्दै अस्पतालमा पुगेका उनी त्यो भन्दा पहिले भारतको जोगवनी जानु र त्यसपछि मात्रै घाइते भएर आउनुको पछाडि भारतीय एसएसबीको अन्जान सिपाहीले उनीमाथि प्रहार गरेको हुनसक्ने आशंका पनि गरिएको छ ।
सीमामा तैनाथ भैरहनेले मात्रै चिन्ने र अलि परकाले चिन्न मुस्कील पर्ने र आन्दोलनकारी भारत आयो भन्दै प्रहार भएको पनि हुनसक्ने आशंका गरिएको छ ।
यद्यपी यो विषय स्वयं महतोलाई नै जानकारी होला । तर, अस्पतालमा निको भैसकेका महतोको नाममा वा भनौं उनको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना गरिनु पनि एउटा रहश्यमय घटना बन्न पुगेको छ ।
सामान्य अवस्थामा रहेका महतोलाई मृत्युको मुखमै पुगिसकेकाहरुलाई झै उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेरु रमिता देखाइरहेका छन् ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मंगलबार मात्रै मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ । यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए ।
सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेकाहरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।
तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।

यस अघि एक युवालाई दुधले खुट्टा धुन लगाएको तस्विर सामाजिक सञ्जालहरुमा आएपछि उनी आलोचनाका पात्र बनिरहेका थिए । उनले ती युवालाई गराएको हर्कतको सर्बत्र निन्दा भएको थियो ।
अहिले पनि उनको नाममा मृत्युञ्जय पुजा हुनु, निको भैसक्दा पनि अस्पतालमै रहनुले उनको नियतमाथि थुप्रै शंका उपशंका पैदा भएको छ । र यसको जवाफ स्वयं महतोले दिनुपर्ने छ र दिन्छन् होला कुनैदिन, सायद ।
nepalsandesh

Write Comment Below: