तर, गत साता एक स्मरणपत्र लिएर सुशील कोइरालासमक्ष पुगेका केही कांग्रेस नेताहरुले भने यस कुराको जानकारी राम्रैसँग पाएका छन् । कांग्रेसले हिन्दूराष्ट्रको एजेन्डा बोक्नुपर्छ र संविधान संशोधन गराएर देशलाई सनातन हिन्दूराष्ट्रको पहिचान दिनुपर्छ भन्ने माग लिएर नेपाली कांग्रेस हिन्दूराष्ट्र स्थापना महाअभियानका नेताहरु गत साता सुशील कोइरालासमक्ष एक ज्ञापनपत्रसहित पुगेका थिए कांग्रेस नेताहरु तारानाथ रानाभाट, लक्ष्मणप्रसाद घिमिरे, चिरञ्जिवी वाग्ले, शिवराज जोशी, लोकेश ढकाल र कृष्ण लामालगायतले सुशील कोइरालालाई भेटी ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रको सुरुमा कोइरालालाई सम्बोधन गरी पूर्वप्रधानमन्त्री एवं सभापती सम्माननीय सुशील कोइरालाज्यू भनी लेखिएको थियो । पत्रमा त्यसरी पूर्वप्रधानमन्त्री लेखिएको व्यहोरा सुन्नेबित्तिकै कोइराला आक्रोसित भए र रातो अनुहार बनाउँदै उनले प्रतिनिधिमण्डलतिर हेरेर भने, ‘यो पूर्वप्रधानमन्त्री भनेर किन लेखेको ? यो तुरुन्त हटाइहाल्नुस, सब हटाउनुस् । आजको घटना र विचार साप्ताहिकले खबर लेखेको छ ।
ratopati
