मधेसी मोर्चाको प्रमुख आन्दोलन स्थल युवा संघको कब्जामा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सप्तरी, ११ पुस । राष्ट्रव्यापी जागरण अभियान लिएर तराई मधेसमा उत्रिएको नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आन्दोलनरत मधेसी मोर्चालाई चुनौति दिएको छ ।
शुक्रबार मधेसी मोर्चालाई कडा चुनौति युवा संघले एक मुख्य आन्दोलन स्थललाई आफ्नो कब्जामा लिएको छ । आन्दोलनको मुख्य केन्द्र मानिने सप्तरीको राजविराजलाई कब्जामा लिँदै सफतलापूर्वक जागरण अभियान चलाएको छ ।
जागरण अभियान अन्तर्गत युवा संघले राजविराजमा मधेसका युवाहरुको भेला बोलाएर प्रशिक्षण दिएको हो । मधेसी मोर्चाका नेता र कार्यकर्ताको धम्कीका बीच युवा संघले महासचिव किरण पौडेलको संयोजकत्वमा राजविराजलाई कब्जामा लिएर जागरण अभियान चलाएको हो ।
युवा संघका केन्द्रीय सचिवालय सदस्य सञ्जीव रोकाले आफ्नो ज्यानको बाजी राखेर मधेस आन्दोलनको केन्द्रविन्दु राजविरामा सफलतापूर्वक जागरण अभियान सम्पन्न गरेको बताए ।
मधेसका युवाहरुलाई प्रशिक्षण दिन युवा संघका पूर्वाञ्चल इन्चार्ज परशुराम बस्नेत पनि राजविराज पुगेका थिए । ‘भेलाको खबर सुनेपछि कार्यक्रम अवरोध गर्ने प्रयास भयो, त्यसका बाबजुद पनि राजविराजलाई नियन्त्रणमा लिएर बृहत भेला सफल रुपमा सम्पन्न ग¥यौं,’ बस्नेतले भने- ‘कार्यक्रम नगर्न हामीलाई धम्की र चेतावनी पनि दिइयो ।’
उक्त भेलाले सम्पूर्ण गाविस र नगरपालिका तहसम्म जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । ‘राजविराजपछि अब सप्तरी जिल्ला नै हाम्रो नियन्त्रणमा हुनेछ,’ भेलालाई सम्बोधन गर्दै युवा संघका महासचिव किरण पौडेले भने ।
यसैगरी सप्तरीका प्रमुख सहरहरुमा बृहत आमसभा गर्ने निर्णय पनि युवा संघले गरेको छ । मधेश आन्दोलनको क्रममा सबैभन्दा बढी तनाबग्रस्त रहेको मुख्य सम्बेदनशील स्थान मध्यको जिल्ला सप्तरीमा आयोजना गरिने आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिब ईश्वर पोखरेल र मधेशी नेताहरुले सम्बोधन गर्ने युवा संघले जनाएको छ ।
dainiknepal

Write Comment Below: