काठमाडौं । कांग्रेस सभापति सुशील कोइराला निवासमा आन्दोलनरत मधेसी मोर्चा सहित नेपाली कांग्रेस र एमाओवादीको त्रिपक्षीय वार्ता भएको छ ।
वार्तामा आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे माग सम्बोधनका विषयमा गम्भिर छलफल भएको नेताहरुले बताएका छन् । वार्तामा संविधान संशोधन विधेयक अघि बढाउने विषयमा कसरी अघि बढ्ने र मधेसी मोर्चाका अन्य मागहरु सम्बोधन गर्ने विषयमा सकारात्मक छलफल भएको कांग्रेस नेता महेश आचार्यले बताए ।
छलफलका क्रममा मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली मधेसी मोर्चाको माग प्रति गम्भिर नबनेको आरोप लगाएका थिए । यस अघि दिउँसो मोर्चा र कांग्रेसबीच छलफल भएको थियो ।
मोर्चाको मागप्रति कांग्रेसले चासो लिदै सहमतिको प्रयास गरिरहेको छ ।
बिहान कांग्रेस शीर्ष नेताले एमाओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटी मधेसी मोर्चासँगको वार्ता बारे जानकारी गराएको थियो । पछिल्लो समय प्रचण्ड पनि वार्तामा लागिपरेका छन् ।
nepalsandesh
