काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आज बस्न लागेको छ ।
जेठ २५ गतेपछि बस्न लागेको सो पहिलो बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी प्रस्ताव पारित गरिने पार्टीका सहप्रवक्ता किरण गिरीले बताए ।
भूकम्पपछि पार्टी कार्यालयमा समस्या भएपछि बैठक बसुन्धरामा बस्न लागेको हो ।
बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १०३ जनाको सहभागिता हुने गिरीले बताए ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बस्ने बैठकमा अधिवेशन अगाडिको समय अवधिलाई चक्रीय प्रणालीअन्तर्गत विभाजन गरी नेता लोकेन्द्रबहादुर चन्द तथा डा प्रकाशचन्द्र लोहनीलाई क्रमशः नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पारित गरिने छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी पार्टीले खेल्नुपर्ने भूमिकाका बारे प्रतिवेदन तयार गरिनाका साथै सरकारमा पार्टीको सहभागिता तथा मधेस आन्दोलनको समाधानका बारेमा पनि धारणा ल्याइने जनाइएको छ ।
nepalsandesh
