मोर्चा लचक भएपछि कांग्रेस सहमति बन्न नदिने पक्षमा, प्रधानमन्त्रीको फोन काटीयो

शुक्रबार, २५ मंसिर
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा सहमतिकालागि सकारात्मक बनीरहेका बेला संविधानको सहयात्री दल सहमतिको विपक्षमा उभियो भने के होला ?
राजनीतिमा रात रहे अग्राख पलाउँछ भन्ने उखान चरितार्थ हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतीबेला मोर्चासँगको सहमतिय राजनीतिबाट अलग हुने तयारीमा पुगेको छ ।
शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरु आएनन् । लाग्ला, सुचना नपाएर नआए होलान् ।
तर होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति एवं संविधान जारी गर्दाको सरकारका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरे । कोइराला हिजोसम्म ठिकै थिए ।
विभिन्न बैठकहरु र विभिन्न विवाहको रात्री भोजसम्ममा पुग्न सकेका थिए । तर, वार्ताको खबर पाएलगत्तै उनी बिरामी भए ।
त्यती मात्र हैन, रामचन्द्र र शेरबहादुरलाई पठाइदिनुस् भन्ने प्रधानमन्त्रीको आग्रहमा तपाईंले गरे भैगो भनेर फोन नै काटीदिए । बिहीबार पनि संसद चल्न दिने सहमति गरेर संसद भवन भित्र पुगेपछि मोर्चा भन्दा पनि क्रान्तिकारि बनेर कांग्रेसले नै संसद बैठक रोक्यो ।
रामचन्द्र पौडेलले रोक्न खोज्दा अरुले मानेनन् । कांग्रेस नआएपछि मोर्चा र सत्तारुढ दलहरुको बैठक मन्थनमै सिमित बन्यो । कांग्रेसले भाउ खोज्दा सहमति टाढा बन्दै गएको छ ।
र सहमतिकालागि मोर्चा र सरकार गम्भीर बन्दा प्रमुख प्रतिपक्षी कांग्रेस गैर जिम्मेवार बन्नु देशकै लागि घातक हुनेछ ।
nepalsandesh

Write Comment Below: