मोदीको पाकिस्तान भ्रमणविरुद्ध दिल्लीमा प्रदर्शन, पुत्ला जल्यो

काठमाडौं, ११ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मात पाकिस्तान भ्रमणलाई लिएर राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन भएको छ ।
शनिबार प्रमुख प्रतिपक्षी दल कांग्रेस र कम्युनिष्ट पार्टी सम्बद्ध युवा संगठनहरुले दिल्लीमा विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार मोदीले पाकिस्तानको ३ घण्टे भ्रमण गरेका थिए ।
विरोध प्रदर्शनमा उत्रिएका युवाहरुले दिल्लीमा मोदीको पुत्ला समेत जलाएका छन् ।
dainiknepal

Write Comment Below: