काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य सोधपुछका लागि पठाएको पत्रबाट नडराउन एमाले नेताहरूलाई आग्रह गरेका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अख्तियारले पत्र काटेका नेता सुरेन्द्र पाण्डे, राजेन्द्रप्रसाद पाण्डे, वंशीधर मिश्र, इच्छाराज तामाङ, जनार्दन ढकाल, विजय पौडेललगायतले उक्त पत्रका कारण आफूहरूको राजनीतिक हत्या भएको ओलीसमक्ष बताएका थिए।
त्यस क्रममा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’अख्तियारले कुनै पनि व्यक्तिमाथि सोधपुछ गर्न सक्छ तर राजनीति गर्न सक्दैन।’अख्तियारका नाममा आएका समाचार र त्यसमा राजनीतिक व्यक्तित्वका नाम जोडिएको आफूलाई पनि जानकारी भएको ओलीले बताएका थिए।
उनीहरूले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको स्वेच्छाचारी निर्णयप्रति दलहरूले ठोस र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
एमाले सचिव प्रदीप ज्ञवालीले अख्तियार प्रमुख लोकमासिंह कार्कीमाथि महाअभियोग लगाउने विषमा दलहरुबीच छलफल हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अख्तियारको विद्यमान कामकारबाहीका बारेमा शीर्ष स्तरमा अनौपचारिक परामर्श भइरहेको जानकारी ती नेतालाई दिएका थिए।
यही मान्यताका साथ अख्तियार प्रमुखमाथि महाभियोग सुरु गर्नुपर्ने पार्टीसचिव प्रदीप ज्ञवालीको प्रस्ताव प्रधानमन्त्रीले अनुमोदन नगरेको संकेत पनि आएको छ। आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh
