राजतन्त्रको माग सहित काठमाडौंमा लाठी जुलुस हुने

१५ पुस, काठमाडौं ।

शाही युवा शक्ति नेपाल –आर.वाई.पीले गणतन्त्रको खारेज नभएसम्म राष्ट्रिय एकता दिवसबारे बहस गर्नु नै हाँस्यस्पद भएको टिप्पणी गरेको छ ।

बुधबार पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा “पृथ्वीनारायण शाह, एकतादिवस र राजतन्त्र”नामक अन्तरक्रिया आयोजना गर्दै समूहले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभए सम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने स्पष्ट पारेको हो ।


संगठनका अध्यक्ष पशुपति खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका लब्दप्रतिष्ठित व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानको खुलेर प्रशंसा गरेका थिए ।

अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने, “यदि दुईचार महिनाभित्रैमा गणतन्त्र खारेज गर्न सकिएन भने हाम्रो देश रुवाण्डा बन्छ ।”

शाही युवा शक्तिले आगामी पुस २४ गते राजतन्त्र पूर्नवहालीको मागसहित राजधानीमा बृहत्त लाठी जुलुस गर्ने पनि जनाएको छ ।nepaliheadlines

Write Comment Below: