दिल्लीमा बसाई लम्ब्याएका राजेन्द्र महतोले मधेस आन्दोलनबारे त्यहाँका संचारमाध्यमलाई ‘ब्रिफिङ’ गर्ने तथा राजनीतिक तप्कामा भेटवार्ता गर्ने कामलाई निरन्तरता दिएका छन् ।
पछिल्लो पटक उनले इन्डो–एसियन न्यूज सर्भिस (आइएएनएस)सँग कुरा गर्दै ‘मधेस आन्दोलन अहिलेसम्म आफूहरुकै नियन्त्रणमा रहेको तर धेरैदिन यसलाई आफूहरुले नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
महतोले आइएएनएसलाई भने, ‘अहिलेसम्म आन्दोलन हाम्रै नियन्त्रणमा छ, यद्यपी विनाकारण ५० जनाको मृत्यु भइसकेको छ तर पनि आन्दोलन हिंस्रक भएको छैन ।’
उनले अगाडी भनेका छन्, ‘मधेसीहरुले लामो समयसम्म सबैकुरा सहन सक्दैनन्, मधेसी समुदायको माग पुरा नहुने हो भने उनीहरुले बन्दुक उठाउने दिन टाढा छैन, मधेसीहरुले बन्दुक उठाएकोखण्डमा के हुन्छ भन्नेकुरा भगवान पशुपतिनाथलाई मात्र थाहा छ ।’
उनले मधेस आन्दोलन धेरैदिन लम्बिनु भारतका लागि पनि राम्रो नहुने बताए । महतोको भनाईमा मधेस आन्दोलनकै बहानामा भारतविरोधी शक्ति मधेसमा सक्रिय हुन सक्छ ।
imagekhabar
