नेपाल र चीनको सम्बन्धलाई लिएर केही सानो कुरा पाएपनि लेखिहाल्ने र सकेसम्म त्यसलाई बङ्याएर उल्टो भ्रामकर समाचार सम्प्रेषण गर्ने भारतीय मिडियाले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर निकै सनसनी फैलाइरहेका हुन् ।
भारतको एक चर्चित मिडिया नवभारत टाइम्स लेख्छ, ‘मधेसीको विषयमा भारत–नेपाल गतिरोधका बीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि छिट्टै नै चीन जाने भएका छन् । परम्परागत रुपमा त्यहाँका प्रधानमन्त्री सबैभन्दा पहिले भारतको भ्रमण गर्ने गर्थे ।’
ओलीको सो भ्रमण नेपालको नयाँ प्रधानमन्त्रीले पालना गर्ने परम्पराको उल्टो भएको समेत समाचारमा जनाइएको छ । नेपालको प्रधानमन्त्री बनेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले मात्र पहिलो पटक चीन भ्रमण गरेको प्रशंग जोड्दै भारतीय मिडियाले भारतले प्रचण्डलाई नेपाललाई चीनको नजिक लाग्न खोज्ने व्यक्तिको रुपमा लिने गरेको बताएका छन् ।
नेपाल र चीनबीच इन्धन सम्झौतामा हस्ताक्षर गर्न ओली २०१६ मा भारत भ्रमण जाने बताउँदै भारतीय मिडियाले सो क्रममा दुई देशबीच विविध विषयमा सम्झौता हुने लेखेका छन् ।
मंगलबार चीनको एक हप्ते भ्रमण सकेर उपप्रधानमन्त्री कमल थापा लगायतको टोली नेपाल फर्किएको प्रशंग उठाउँदै थापाले चीन भ्रमणका क्रममा विभिन्न प्रस्तावहरु पेश गरेको र प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यसमा हस्ताक्षर हुने भारतीय मिडियाले लेखेका छन् ।
समाचारमा भारतसँग नजिक भएका मधेसीले लामो समयदेखि तराई मसमा नाकाबन्दी गरेको उल्लेख छ । साथै चीनले नेपाललाई १४ करोड लिटर तेल सित्तैमा दिन लागेको समेत मिडियाले लेखेका छन् ।
athmandutoday
