काठमाडौं । भारतको भोजिपुरा रेल्वे स्टेशनमा एक नेपाली महिलाले रेलको ट्वाइलेटमा बच्चा जन्माएकी छन् ।
तर, उनले जन्माएको बच्चा रेलको लिकमा खसेर बाँच्न सफल भइन् । रेलको लिकबाट उद्दार गरिएकी बच्चीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
टंकपुर इज्जतनगरबाट रेल छुटेको केही समयमा रेलको शौचालयमा महिलाको चिच्याहट सुिनएपछि अन्य यात्रुहरुले ढोका खोलेर हेर्दा उनले बच्चा जन्मिएर रक्तश्राव भइरहेको भेट्टाएका थिए ।
उनले अन्य यात्रुहरुलाईं रेल रोकिदिन आग्रह गरेपछि अलार्म चेन तानेर रेल रोकिदिएका थिए । तर, उनले जन्माएकी सानी बच्ची चिप्लेर शौचालयको प्यानबाट रेलको लिकमा खस्न पुगिन ।
त्यसपछि तत्कालै रेल्वे प्रहरीलाई बोलाएर खोजी गर्दा बालिका जिवित फेला परेकी टाइम्स अफ इण्डियाले जनाएको छ । त्यसलगत्तै आमा र बच्चा दुवैलाई अस्पताल लगिएको थियो ।
रेलमा नै बच्चा जन्माउने ती महिला नेपालको कञ्चनपुर माेहननगर भगतपुर घर भएकी पुष्पादेवी भएको पुष्टि भारतीय रेल्वे प्रहरीले गरेको छ । उनी आँखाको उपचारका क्रममा भारतको बरेली गएका बेला यस्तो घटना घटेको हो ।
nepalsandesh
