नेपाली सेनाको भूमिका र संगठनको व्यावसायिकतालाई लिएर सिंहदरबारस्थित संसद सचिवालयको काठेघरमा समितिको बैठक बसेको थियो । बैठकमा सेनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
सोही बेला रक्षामन्त्री रावलले नेपालको नयाँ संविधान संसारकै उत्कृष्ठ भनेर अभिब्यक्ति दिएपछि सांसद सिंहले आपत्ति जनाएका थिए ।
सिंहले नेपालको संविधान कसरी संसारकै उत्कृष्ठ छ भनेर प्रश्न गर्दै मधेसी र थारु आन्दोलनका विषयमा कुरा राखेका थिए ।
सिंहले संविधानले सबैका माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाएपछि रावल बैठकमा जंगिएका हुन् । उनले नेपाली सेनाका विषयमा विभिन्न टिकाटिप्पणी पनि गरेका थिए ।
जवाफमा रक्षामन्त्री रावलले कांग्रेस सांसद सिंहलाई हप्काउने शैलीमा संविधानको ब्याख्या गरेर सुनाएपछि बिवादले सामान्य रुप लिएको थियो ।
त्यसपछि सांसद सिंह काम छ भन्दै बैठकबाट बाहिरिएको प्रत्यक्षदर्शी एक सांसदले जानकारी दिए । सिंह मधेस आन्दोलनको पक्षमा छन् ।
dainiknepal
