मधेसी मोर्चाका कार्यकर्तामाथि वीरगञ्जमा आक्रमण

बिहीबार, ९ पुष
वीरगन्ज । मधेस आन्दोलनका नाममा लामो समयदेखि वीरगञ्जको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका मधेसी मोर्चाका कार्यकर्तामाथि बुधबारराति आक्रमण भएको छ ।
वीरगञ्ज रक्सौलको मितेरी पुलमा तस्तकरहरुले आक्रमण गरेपछि झडप भएको हो । झडपका कारण बुधबारराति सो क्षेत्रको अवस्था तनावग्रस्त बन्यो ।
मधेसी मोर्चाका कार्यकर्ताले नाका अवरोधका लागि बनाएको बाँसको ढाट हटाएर तस्करहरुले सामान नेपाल भित्राउन खोजेपछि दुवै पक्षबीच झडप भएको हो ।
तस्करहरुले रक्सौलबाट ल्याएको सामान मोर्चाका कार्यकर्ताले रोक्न खोजेका थिए । त्यसलगत्तै थोरै संख्यामा रहेका आन्दोलनकारीमाथि तस्करहरुको समूहले आक्रमण गरेको थियो ।
लामो समयदेखि मोर्चाले नाका अवरुद्ध गर्दा नेपालमा अत्यावश्यक सामग्रीहरु तस्करी गरी भित्राउने क्रम बढेकोे छ ।
nepalsandesh

Write Comment Below: