आइसीयुमा उपचार गरिरहेका राजेन्द्र महतोको मृत्युञ्जय

बुधबार, १५ पुष
राजविराज । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भइ उपचाररत सद्भावना अध्यक्ष राजेन्द्र महतोको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महतोको अवस्था सामान्यामुख भए पनि उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेका हुन् ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ ।
यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए । सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेका हरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।
तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।
nepalsandesh.com

Write Comment Below: