उपप्रधानमन्त्री थापा आज दिल्ली जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणमा आज नयाँदिल्ली जान लागेका छन् ।
सोमबार दिल्ली हुँदै उनी बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने र मंगलबार दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि १ कात्तिकमा थापाले भारत भ्रमण गरेका थिए । उनले २ कात्तिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गरेका थिए ।
भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आएका उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग पुन त्यही आग्रह गर्ने बुझिएको छ । थापाले यसपटक प्रधानमन्त्री मोदी तथा अन्य उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छैन ।
nepalsandesh

Write Comment Below: