हावाबाट आउने विजुली किन्न प्रतिस्पर्धा, कर्णलीमा ग्यासको पाइपलाईन निर्माण सुरु

शनिबार, २५ पुष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली बाल्ने र ग्यास पाइपलाईन घर घरमा लगिदिने भाषण गरेपछि सामाजिक सञ्जालमा विवाद र आलोचना सुरु भएको छ ।
ओलीको भाषणलाई लिएर युवा, व्यावसायी, साहित्यकार र पत्रकार सम्मले विरोध गरेका छन् । चर्चित युवा पत्रकार पुरुषेत्तम लम्सालले पनि प्रधानमन्त्रीको भाषणलाई आधार मानेर सामाजिक सञ्जाल फेसबुकमा यस्तो कमेन्ट गरेका छन् ।

उनी लेख्छन गफै त हो नि, हाम्रो के जान्छ र? प्रधानमन्त्रीले भन्न हुने हामीले नहुने भन्ने कहाँ छ र?…..
कर्णालीको मुगु, डोल्पालगायतका जिल्लामा खाना पकाउने ग्यास सिलिण्डर फालाफाल, पाइपलाइनको कूलो खन्न कर्णालीबासी बेसी झरेका छन् ।
लिलामी नखुल्दै चन्द्रमामा खाली रहेको जग्गा कित्ताकाट गरी नेपालीले कारोबार पनि शुरु गरे ।
सगरमाथा आधार शिविरसम्म संचालित केबलकारको टिकट दुई वर्षसम्मको लागि सकियो, खप्तडस्थित पाँचतारे होटल र अन्तराष्ट्रिय क्यासिनोमा पर्यटकको भीड नियन्त्रण गर्न सकिएन।
नेपालको हावा, बतास, वायु र आँधीसमेतको स्रोतबाट उत्पादित उर्जा खरिद गर्न पश्चिमा देशहरुबीच प्रतिस्पर्धा, नेपालले तीन वर्षभिभत्रै बोलकबोल खोल्ने ।
भन्दाभन्दै केपी ओली नेतृत्वको सरकार तमासा देखाएरै जाने भन्दै व्यङग गरेका छन।
nepalsandesh

Write Comment Below: