विजय केसी । शुक्रवार एक कार्यक्रममा प्रधानमन्त्री के पि ओलीले प्रत्येक जनताको घर घरका चुलो मै ग्याँस पाइप जोडि दिने नयाँ कार्यक्रमको घोषणा गरेका छन् । तर प्रधानमन्त्रीका कुरा सुनेर कार्यक्रममा उपस्थित आफ्नै कार्यकर्ताहरु पनि पेट मिचि मिचि हाँसे ।
आधा सिलिण्डर ग्याँस भरिएको सिलिण्डर समेत पनि जनतालाई दिन नसक्ने प्रधानमन्त्रीले घर घर मै ग्याँस पाइप जडान गरि विना सिलिण्डर ग्याँस घर घरमा चाहिए जति उपलब्ध गराउने घोषणाले सबैलाई हँसाउने नै भयो ।
विकसित देशहरुमा घर घरमा ग्याँस पाइप जोडिएको हुन्छ र मिटर जडान गरिएको हुन्छ । खपत भएको ग्याँसको मात्रा मिटरमा देखाउँछ र त्यस अनुसार पैसा तिरे पुग्छ । सिलिण्डरको झंझट छैन ।
सिलिण्डरमा भरिएको ग्याँस पैसा तिरेर किन्छु भन्दा पनि जनताले पाएका छैनन् । यस स्थितिमा प्रधानमन्त्रीका घर घरका चुलोमा ग्याँस पाइप जोड्ने कुराले प्रधानमन्त्री आफै हावादारी भाषण गर्दै हिंडेको आरोप लाग्नु स्वाभाविक हो ।
उता मधेश आन्दोलन र नाकावन्दीको विषयमा जति सुकै कार्यदल वने पनि वा जति सुकै वार्ता भएपनि पूर्ण रुपमा नाकावन्दी नखुल्ने भएको छ ।
सरकारले जसरी तीन महिनाको समय लिएर युद्ध विराम गर्न खोजीरहेको छ, मधेशी मोर्चा र भारत सरकारले पनि अर्ध नाकावन्दी कायमै राखेर दवाव दिने योजना वनाएको एक उच्च समाचार श्रोतले जानकारी दिएको छ ।
अरु नाकाहरुमा कहिले अलि खुकुलो र कहिले अलि कडा गर्ने तर वीरगंज नाका भने वन्द गरि राख्ने योजना मधेशी मोर्चा र भारतले वनाएको समाचार श्रोतको भनाइ छ ।
एकातिर अर्ध नाकावन्दी गरेर न मर्नु न वाँच्नु को स्थिति वनाइ राख्ने भारत र मोर्चाको नीति तथा अर्कोतिर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको हावादारी भाषणले जनतामा थप आक्रोस मात्र पैदा गरेको छ ।
जनताले सहनुको मतलव सधै यस्तै सहेर वस्छन् भन्ने मूल्यांकन सत्ताधारी र आन्दोलनकारीहरुले गरे भने जनताको आक्रोस अर्कै तरिकाले दुबै थरिका विरुद्ध पोखिने वेलामा के होला भन्ने उनीहरुले नसोचेको देखिन्छ ।
nepalsandesh
