‘चुला–चुलामा ग्यास फिट गर्दिन्छु’ प्रधानमन्त्री

शनिबार, २५ पुष
काठमाडौ । नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अब चुलाचुलामा ग्यासको पाइप जोडिदिने महत्वकांक्षी भाषण गरेका छन् ।
‘अब सिलिन्डर फेज समाप्त भयो, कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए,’ प्रधानमन्त्री ओलीले शुक्रबार एमाले उपत्यकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘अलिकति समय दिनुहोस, घरका चुलाचुलामा ग्यासको पाइप फिट गरिदिन्छु ।’
कार्यकर्तामाझ आफ्ना विरोधीको आलोचना गर्दै सुरु गरेका ओलीले आफ्नो भनाईलाई काममा उताररे देखाउने दाबी गरे ।‘चुला–चुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टाँसिन्छ, जति बाल्नुहुन्छ त्यसको पैसा तिर्नुहोस’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले काठमाडौका फाेरोहबाट पनि ग्यास निकिलिने बताए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh

Write Comment Below: