भारतको राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी पूर्व सभासद शान्ता स्वास्थ्यअवस्था नर्मल भएपछि यसैहप्ता नेपाल फर्किएकी हुन् । उनी नियमित उपचारका लागि केही साता अघि दिल्ली गएकी थिईन् ।
उनले आफू नेपाल फर्केको कुरा सामाजिक सञ्जाल फेसबुकमा मार्फत सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– ‘सम्पूर्ण मित्रहरुमा स्वास्थ्यस्थिति नर्मल रहेको जानकारी गराउन चाहन्छु । खुशीका साथ घर फर्किदैछु । धन्यवाद छ यो हस्पिटललाई पनि !’
क्यान्सर पीडित शान्ता फ्लोअप उपचारका लागि बेला बेला अस्पताल पुग्ने गर्छिन् ।
dainiknepal
