प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन भित्र जनताले अनुभव गर्ने गरि परिणाममुखी विशेष प्रयास भैरहेको बताएका छन् ।
आफूले अव केही नभन्ने परिणामबाट देखिने उनको भनाइ छ ।
पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन राजधानीमा आयोजित कार्यक्रममा ओलीले केही दिनमै जनताले अनुभव गर्ने गरि परिणाम आउनेगरी काम भैरहेको दावी गरे ।
सरकारले गर्न लागेको विशेष कामबारे अहिले प्रचारबाजी नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले बोल्दा गर्न लागेका काममा समेत अवरोध भएको खुलासा समेत उनले गरेका छन् ।nepaliheadlines
