भारतको नाकाबन्दी खुलेको संकेत !

काठमाण्डु, २४ पुस– लामो समयदेखि भारतीय सीमाबाट नेपालमा इन्धन लगायतका अत्यवश्यक बस्तु आयात नभएपछि भारतले अघोषित नाकाबन्द लगाएको भन्दै चारैतिरबाट विरोध भयो ।
संयुक्त लोतान्त्रिक मधेसी मोर्चाको नाका केन्द्रीत आन्दोलन र भारतको नाकाबन्दीका कारण तीन महिना भन्दा बढी समय ग्यास, तेल, खाद्यान्न लगायतका अत्यावश्यक बस्तुको हाहाकार नै भयो ।
तर, राजनीतिक रुपमा देखिएको नेपाल–भारतबीचको गतिरोध साम्या हुँदै गएपछि नेपालको संविधानलाई लिएर रुष्ट रहेको भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी अघोषित रुपमै खोलेको संकेत गरेको छ ।
पछिल्लो दुई सातामा भारतबाट दैनिक ४०० सय देखि हजारको हाराहारीमा मालवाहक गाडी नेपाल भित्रिन थालेका छन् ।
मधेसी मोर्चाको धर्नाका कारण अवरुद्ध रहेको वीरगञ्ज बाहेक देशका अन्य नाकाबाट ग्यास, तेल, खाद्यान्न, पर्यटक बोकेका गाडी धमाधम भित्रिरहेका छन् ।
हाल मेची, भैरहवा, विराटनगर, नेपालगंग, कृष्णनगर, कैलाली, काँकाडभित्ता लगायतका नाकाबाट बिना कुनै अवरोध गाडी नेपाल प्रवेश गरीरहेका छन् ।
kathmandutoday

Write Comment Below: