किन बोलाए प्रधानमन्त्री ओलीले दुई राजदूत उपाध्यय र रायलाई

काठमाडौ २५ पुस । मधेसी मोर्चा दलसंग सकारात्मक वार्ता भइरहेको वेला आज प्रधानमन्त्री केपी शर्माले नेपाल तथा भारतका राजदूतसंग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही वेर अघि भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यय र नेपालका लागि भारतीय राजदूत रणजित रायसंंग कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दुवै राजदूतलाई बोलाई अहिले देखिएको राजनीतिक संकट र नाकाबन्दीका बारेमा छलफल गरेका थिए ।
मधेसी मोर्चासंग सकारात्मक छलफल भइरहेको वेला प्रधानमन्त्री ओलीले दुवै राजदूतसंग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । छलफलमा भारतले नेपालमाथि लगाइएको नाकाबन्दी र मधेसको आन्दोलनको समस्या कसरी समाधान गर्ने बिषयमा छलफल भएको थियो ।yeskathmandu

Write Comment Below: