ओली जनलाई खुसी राख्न प्रहसन गर्ने सामर्थ्य राख्दछन्। ओलीको जनता हसाउँने कला देखेरै होला धेरै हास्य कलाकारले उनिबाट असुरक्षित महसुस गरेका छन्। दीपक राज गिरीले राम्रैसंग गइरहेको श्रृंखला तितो सत्य बन्द गरे र उनको सो निर्णय सहित सावित भयो। आखिर ओलीको पछिल्लो प्रहसनले हास्यरसको उत्कर्ष जो छोयो।
त्यसो भए ओली प्रहसरले कसरी निरन्तरता पाउला ? यो लेखमै यही विषयमा चर्चा गरिनेछ।
अहिलेसम्म ओलीका मुखमा दुई डायलग निस्किसके जुन निकै चर्चा र महत्वका साथ सुनिए। पहिलो थियो, एकै वर्षमा लोडशेडिङ हट्नेछन, हावाबाट बिजुली निकालिनेछ। दोस्रो झनै चर्चित भयो-चुला चुलामा ग्यासका पाइप जोडिनेछ ।
ओली त्यसै क्षमतावान नेता हुन। प्रधानमन्त्रीका रुपमा उनलाई चीरकालसम्म शंकाको लाभ उपलब्ध भइरहनेछ। उनि राष्ट्रवादी हुन हेक्का रहोस।
उनको यही छविलाई ध्यानमा राख्दै ओलीले आगामी दिनमा बोल्ने सक्ने डायलग कस्ता होलान ?
प्रत्येक घर घरमा पेट्रोल,डिजेलको पाइप पुर्याइदिन्छु (ख्याल गर्नुस ग्यासको पाइप घर घरमा पुगिसेको छ)। धारो खोल्ने पेट्रोल थाप्ने । सबै चीजको लागि फरक फरक पाइप राख्न सक्दिन। त्यही पाइपमा कुनै समय पेट्रोल आउँछ, कुनै समय ग्यास । बेलाबेलामा पानी पनि त्यही पाइबाट आउँछ। जुन बेला जे आउँछ त्यसैबाट चलाउने।
घर घरमा बुलेट ट्रेन जोडिनेछ। ट्रेनमा एसी राखीदिन्छु। ढोकाबाट निक्लने बितिकै ट्रेनको ढोकामा छिर्ने अनि सरर भनेको ठाउँमा पुगिेने। कहिले कहिँ ढोकसम्म पुग्ने समय भएन भने झ्यालबाटै ट्रेनको छतमा हामफाल्न सकिने। सरर नेचुरल एसीमा जहाँ भने त्यही पुगिने।
प्रत्येक खोलमा तुइन होइन पुल राखिदिन्छु। पुलमाथि ट्रेन गुड्छ। पुलमुनि शपिङ कम्प्लेक्स बनाइन्छ। ट्रेनमा सरर गुडेर शपिङ कम्पलेक्समा शपिङ गर्न सकिने।
दु:ख गरेर पैसा कमाउने दिन गयो। जागिर किने खाने ? बेकारमा काम गर्ने गर्ने ? मोजमस्ती गर्नुस। सरकारले घर घरमा पैसा बोरामा राखेर पुर्याउँछ। युवा भएका घरलाई अझ बढि प्राथमिकता। बोराबाट पैसा निकाल्ने,खर्च गर्ने।
भुकम्प बाट घरबार गुमाएकालाई काठमाडौंमा एक एकवटा घर उपलब्ध गराउँछु। पिडित परिवारको सबै खर्च बर्च सरकारले बेहोर्छ। मात्र सरकारले दिएको घरमा बसिदिए पुग्छ।
सम्पुर्ण नागरिकलाई स्वस्थ उपचार निशुल्क । घर घरमा फोन गरेकै आधारमा डाक्टर उपलब्ध गराउइनेछ। निजि अस्पताल वा नर्सिङ होममा कसैले उपचार गराए त्यसको बिल सरकारले भरिदिन्छ।
स्नातकोतर सम्म निशुल्क शिक्षा उपलब्ध गराउँछु। उल्टै विद्यार्थीलाई मासिक भत्ता उपलब्ध गराइनेछ। विश्वविद्यालयमा राजनिति गर्न दिइनन्। सबै पार्टीका विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाइनेछ।
भारतले नाकाबन्दी गरिरहे छिमेकी नै फेरिदिन्छु। भुगोलमा दायाबायाँ गरेर छिमेकी फेर्न जे गर्न पर्छ सरकारले गर्छ। चीनतिर कुरा नमिले पनि त्यसै गरम्ला।nepaliheadlines
