संसदको बैठक आज बस्ने, उपस्थित हुन सांसदहरूलाई ह्वीप

काठमाडौं, १३ पुस । हाजिर गरेर सांसदहरू बाहिरिएपछि गणपुरक संख्या नपुगेर स्थगित भएको संसदको बैठक आजका लागि बोलाइएको छ ।
बैठकमा अनिवार्य उपस्थित हुन दलहरूले आफ्ना सांसदहरूलाई ह्वीप जारी समेत गरेका छन् ।
दिउँसो १ बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेन केन्द्रमा बस्ने बैठकमा मनमोहन अधिकार स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७२ पारित गर्ने कार्यसूची रहेको छ ।
आइतबारको बैठकमा मन्त्रीले सो विधेयकमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
जवाफ दिँदै गर्दा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठक सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगेको भन्दै प्रश्न उठाएपछि सांसदको गणना गरिएको थियो ।
बैठक सञ्चालनका लागि आवश्यक पर्ने १ सय ४९ जना सांसद पनि थिएनन् । गणनाका क्रममा जम्मा १ सय २४ सांसद मात्रै सहभागी थिए ।
यसैबीच, आजको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची छ । संविधान संशोधनको छलफलप्रति मधेसी मोर्चाले अबरोध गर्दै आएको छ ।
बैठकमा मधेसी मोर्चाले नाराबाजी र अबरोध गर्ने जनाएको छ । मधेसी मोर्चाले आफ्ना माग सम्बोधन गराउन दबाव दिने उद्देश्यले सदन घेराउ र अबरोध गर्दै आएको छ ।
dainiknepal

Write Comment Below: