सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।
यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडा प्रतिकारको चेतावनी दिएको थियो ।
तर, उक्त चेतावनीलाई व्यवस्था गर्दै महतो केहीबेरमा चुरे भएरै नवलपुर जाने तयारीमा छन् । महतोले चुनौति दिँदै भने– चूरेभावरको क्षेत्र हुंदै म नवलपुर पुगेरै छाड्छु, कसैले रोक्न सक्छ भने रोकेर देखाओस् । यता चुरे भावरका अध्यक्ष बद्री न्यौपानेले महतोलाई कुनै हालतमा चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने बताए ।
यसअघि चुरे भावरले सर्लाहीमा राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई तीन किलोमिटर टाढासम्म लखटेको थियो । जसमा महतोकी श्रीमतीको गाडी समेत तोडफोड भएको थियो ।
dainiknepal
