बालुवाटार बैठकः वार्ताका लागि मधेसी मोर्चा गम्भीर नभएको प्रमुख दलहरुको निष्कर्ष

काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसवादी दलहरु वार्ताका लागि गम्भीर नभएको प्रमुख दलहरुले निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा आज बसेको प्रमुख प्रतिपक्षी कांग्रेसहित सत्तारुढ दलहरुको बैठकले वार्ताप्रति मोर्चा गम्भीर नभएकै कारण बुधबारको निर्णायक वार्ता स्थगित भएको निष्कर्ष निकालेको हो ।
बैठकले मोर्चासँग छिटै अर्काे वार्ता गर्ने निर्णय गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाले राखेको सीमांकनको मागमा राजनीतिक रुपमै छलफल गर्नु आवश्यक भएकाले अर्काे वार्तामा समस्या समाधानको प्रयास हुन्छ । वार्ता र सम्वादको विकल्प छैन् ।’
स्रोतका अनुसार वार्तामा बोलाउँदा पनि मधेसी मोर्चा वार्तामा नआएर आन्दोलनलाई झन चर्काउने, पेट्रोल बम हान्ने गतिविधीले तीन दल गम्भीर भएका छन् । बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला लगायतका नेताहरुको सहभागिता थियो
dainiknepal

Write Comment Below: