आन्दोलनकारी र भारतीय नागरिकबिच वीरगन्जमा झडप

बिहीबार, १७ मंसिर
विरगञ्ज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच मितेरी पुलमा दोहोरो झडप भएको छ।
भारतिय पक्षसंग झडप हुँदा मोर्चाका तर्फबाट तमलोपाी नेतृरेखा साह सहित केही मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइते भएकाहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
नाबाबन्दी र आन्दोलनको फाइदा उठाउदै भारतिय नागरिकले ल्याएकोे पेट्रोल  मोर्चाका कार्यकर्ताले पोखिदिए पछि दुबै पक्षबाट ढुंगा हानाहान भएको थियो ।
झडप पछि बिरगञ्ज रक्सौल तनावग्रस्थ बनेको छ । झडपलाई नियन्त्रण गर्न नेपालपक्ष सुरक्षाकर्मी र भारतका सुरक्षाकर्मी परिचानल गरिएको छ।
www.nepalsandesh

Write Comment Below: