एयरपोर्टमा थापाले भने ‘म आए अब नाकाबन्दी खुल्छ’

बिहीबार, १७ मंसिर
काठमाडौं । भारत भ्रमणमा गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच देखिएको असहज परिस्थिति केही दिनमा हट्ने बताएका छन् ।
उनले भारतसंग सकारात्मक छलफल भएको भन्दै केही दिनमा यसको परिणाम देखा पर्ने बताए ।
त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पत्रकार समक्ष आफनो भारत भ्रमण सकरात्मक भएको भन्दै अब केही दिनै नाकाबन्दी खुल्ले संकेत गरेका छन् । थापाले बुधबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
यसै गरी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट्ने भनिएपनि बिहिबार भेट्ने समय नपाएपछि उनी आज काठमाडौ फर्केका हुन् ।
थापा संगैै नेपालका लागि भारतिय राजदुत दिप कुमार उपाध्याय पनि नेपाल पर्केका छन्
nepalsandesh

Write Comment Below: