नेपालको सहयोगमा भारतलाई ठुलो सफलता

भारतले दाउद इब्राहिकमा सहयोगीहरुलाई नेपालबाट गिरफ्तार गरेको जनाएको छ। भारतको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीहरुले नेपालको सहयोगमा भारतले प्रमुख दुश्मन मानेका मध्ये एक दाउद इब्राहिमका दुई सहयोगीलई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

यसरी पक्राउ पर्ने व्यक्त अब्दिल पटेल र अब्दुल सतार भएको बताइएको छ।दुबै माथि भारतीय जनताका पार्टीका दुइ नेता मारेको समेत आरोप छ।
यो पक्राउलाई भारतमा निकै महत्वपुर्ण मानिएको छ ।

उनिहरु भारतबाट नेपाल छिर्दै गर्दा नेपाली सुरक्षा संयन्त्रको सहयोगमा  बुधवार पक्राउ परेका‍ि उच्च भारतीय अधिकारीले पुष्टी गरेको सञ्चारमााध्यमहरुले जनाएका छन्। पक्राउ परेका मध्ये पटेल जाभेज चिक्नाको भाइ समेत भएको बताइएको छ। जाभेद दाउद इब्राहिमका खास मानिन्छन्न।

दाउद इब्राहिम भारतले सर्वाधिक खोजी गरेका व्यक्ति हुन् । हाल पाकिस्तानमा रहेको विश्वास गरिएका उनिमाथि सन१९९३ भएको मुम्बई विष्फोट गराएको आरोप छ।

इब्राहिमा इन्टरपोलको खोजि गरिएका व्यक्तिको सुचिमा समेत छन्। दाउद इब्राहिक भारतको एक मुख्य राजनैतिक मुद्धा समेत हुन। उनलाई जुनसुकै हालत भारत ल्याएर मुद्दा चलाउने र त्यसका लागि कुनै कसर बाँकी नराख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारम्बार बताउने गरेका छन्।

भारतको अघोषित नाकाबन्दीका कारण दुइ देश बीचको सम्वन्ध असहज बनिरहँदा पनि नेपालको सुरक्षा संयन्त्रले भारतलाई सहयोग गरेको देखिएको छ।nepaliheadlines

Write Comment Below: