प्रमुख तीन दलको बैठक जारी रहेको अवस्थामा भएको विशेष टेलिफोन सम्वादमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाले राखेका मागलाई सम्बोधन गरेर अहिलेको असहज अवस्थालाई छिटै अन्त्य गर्ने समझदारी भएको छ। त्यही समझदारीअनुसार अब मधेसी मोर्चासँग निर्णायक वार्ता हुनेछ ।
मधेसमा आन्दोलनरत पक्षले राखेका मागहरुलाई राजनीतिक रुपमा सम्बोधन गरेर नाकामा देखिएको अवरोध हटाउने समझदारी भएको छ । ओलीले सिमांकनको विषयलाई एउटा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र टुंगो लगाउने, जनसंख्याको आधारमा क्षेत्र निर्धारण तथा समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दालाई पनि क्रमशः समाधान गर्ने प्रतिवद्धता जनाएपछि भारतीय विदेशमन्त्री स्वराजले छिटै नाकाबन्दी खुल्ने संकेत दिएकी छिन् ।
विश्वस्त स्रोतका अनुसार बिहीबार भएको टेलिफोन सम्वादबाट प्रधानमन्त्री असहज अवस्था छिटै अन्त्य हुनेमा धेरै आशावादी देखिएका छन् । त्यसको संकेत उनले तीन दलको शीर्ष नेतृत्वलाई पनि दिएका छन् ।
annapurnapost
