पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सांगठनिक र भावी कार्यदीशाका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीलाई कसरी नयाँ ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुँदै आएको छ ।
बाबुराम भट्टराई र उहाँको समूहले एमाओवादी परित्याग गरेर नयाँशक्ति निर्माणको अभियानमा लागेपछि केन्द्रीय समितिको बैठक बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुँदै आएको छ ।
केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
एमाओवादीको केन्द्रीय समितिको बैठक बिहान एघार बजेपछि पार्टी मुख्यालयमा बस्ने कार्यक्रम छ ।
dainiknepal
